गण्डकीमा थप १० जनामा कोरोना संक्रमण « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

गण्डकीमा थप १० जनामा कोरोना संक्रमण


९ श्रावण २०७७, शुक्रबार


काठमाडौं । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ ।

पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कास्की, लमजुङ, बागलुङ र तनहुँका गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिका ३ जना पुरुष र अन्नपूर्ण गाउँपालिका एक महिला र एक पुरुष रहेका छन् ।

लमजुङको कोल्हसोथारर, बेशीसहर र मध्यनेपालका एक/एकजना पुरुष रहेका छन् भने तनहुँको शुक्लागण्डकी र बागलुङको तमानखोलाका एकरएक पुरुष रहेका छन्। यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ६० पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस