१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन वटा विधेयक सर्वसम्मतिले पारित

अ+ अ-

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा तीन वटा बेग्लाबेग्लै विधेयक सर्वसम्मतिले पारित भएको छ । पारित भएको विधेयकमा ‘बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ प्रदेशसभा नियमावली २०७४ को नियम १०८ बमोजिम सामाजिक विकासमन्त्री जीवन घिमिरेले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गरेका थिए ।

‘प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७’ र ‘प्रदेश सार्वजनिक सडकका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७’ प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ सम्बन्धित उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत र भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गरेका थिए ।

शून्य समयमा प्रदेशसभा सदस्य खिनु लाम्वा लिम्बूले ब्रिटिश र भारतबाट अवकाश प्रकाश गोर्खा सैनिकको नेपाल सरकारले असार १७ गतेको निर्णयअनुसार सामाजिक सुरक्षाभत्ता काटेकाले संघीय सरकारले सो निर्णय सच्याउन सभामुख प्रदीपकुमार भण्डारीमार्फत अपिल गरे । सदस्य जयराम यादवले कृषिप्रधान भनिएको हाम्रो देशमा अहिले रासायनिक मलको अभाव भई किसान मर्माहत बनिरहेकाले यसतर्फ प्रदेश सरकारको ध्यान जानुपर्ने माग गरे । सदस्य सञ्जाकुमारी दनुवारले प्रत्यक्षरुपमा बिरामीको सेवा गर्ने नर्सको तलब कोरोनाका समयमा काटिएकाले उहाँहरुले पाउने पारिश्रमिक दिन प्रदेश सरकारसँग माग गरे । प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस