८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुष्पलालका पदचिह्नकै कारण ऐतिहासिक परिवर्तन : नेता नेपाल

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरणमा ४२औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ । दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुरको चम्पादेवीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा कार्यक्रम गरेको छ ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा\)का वरिष्ठ नेता माधवकुमार नेपाल, पार्टीका उपाध्यक्ष वामदेव गौतम, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले पुष्पलालको शालिकमा माल्यार्पण गरेका थिए ।पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पुष्पलाललाई स्मरण गरिरहेका बेला नेपाल कम्युनिस्ट पार्टीलाई अझै बलियो, एकताबद्ध, संस्थागत, विधि–पद्दतिमा आधारित, जनतासँग अझै घनिष्ट, परिवर्तनको मार्गमा दृढ र वैचारिकरुपमा स्पष्ट बनाउन आवश्यक रहेको औँल्याए । उनले निरङ्कुश तथा सामन्ती राजतन्त्रको अन्त्य, केन्द्रिकृत राज्यसत्ताको ठाउँमा संघीय प्रणाली समावेशी लोकतन्त्र जस्ता विषयले मुलुक सबैको साझा हो र कसैको विशेषाधिकार छैन भन्ने कुरा व्यवहारमा स्थापित गर्न सफल भएको बताए ।

प्रतिष्ठानका सदस्य विष्णु रिजालले यसपटक हामीले कोभिड–१९ गर्दा पनि पुष्पलालप्रति श्रद्धाञ्जलि व्यक्त गर्न कार्यक्रम गरिएको बताए। कार्यक्रममा नेता नेपालले मात्र मन्तव्य राखेका थिए । उनले दुई ठूला कम्युनिस्ट पार्टी मिलेर एउटै नेपाल कम्युनिस्ट पार्टी निर्माण गरेर पुष्पलालको सपनालाई साकार मात्र पारेको नभई नेपाली जनताको मुक्ति आन्दोलनलाई गुणात्मकरुपमा एक कदम अघि बढाउन ठोस योगदानसमेत गरेको बताए । उनले पुष्पलालले स्थापना गरेका पद चिह्नमा दृढतापूर्वक हिँड्न सकेकै कारण हामीले नेपालमा ऐतिहासिक परिवर्तन गर्न सकेको उल्लेख गरे ।

पुष्पलालको नेतृत्वमा नेपालमा पहिलोपटक विसं २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यसाथ नेकपा स्थापना गरेको श्रेष्ठको २०३५ साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस