९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुधुवाबाट जङ्गली हात्तीको झुण्ड निकुञ्ज प्रवेश, सतर्कता अपनाउन आग्रह

अ+ अ-

कञ्चनपुर । भारतको दुधुवा नेशनल पार्कबाट जङ्गली हात्तीको झुण्ड लालझाडी संरक्षित वन क्षेत्र हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

निकुञ्जमा पुगेको जङ्गली हात्तीको झुण्ड मध्यवर्ती क्षेत्रका गाउँ बस्ती र खेतबारीमा आउन थालेपछि बाली जोगाउन र जीउधनको सुरक्षा गर्नका लागि कार्यालयले सार्वजनिक सूचना जारी गरेको हो ।

भारतको दुधुवा नेशनल पार्कबाट आएको १०/१५ को सङ्ख्यामा रहेको जङ्गली हात्तीको झुण्ड दिनमा निकुञ्जमा बस्ने साँझ र रातीका बेला निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँबस्ती तथा खेतबारीमा प्रवेश गर्दै आएको छ ।

दुधुवा नेशनल पार्कमा वर्षाको पानी र बाढीको पानी भरिन थालेपछि आहारा सुरक्षित बासस्थानका लागि जङ्गली हात्तीको झुण्ड हरेक वर्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र चुरे क्षेत्रमा आउने गरेको छ ।

जङ्गली हात्तीको झुण्डले आहाराका लागि निकुञ्ज नजिकका बस्तीमा प्रवेश गरी खेतबारीमा लगाइएको अन्नबालीसँगै स्थानीय किसानले घरभित्र भण्डारण गरेको अन्न खाने गरेको छ ।

निकुञ्ज कार्यालय प्रमुख लक्ष्मण पौडयालका अनुसार हात्तीको झुण्ड बस्तीमा प्रवेश गरे नजिकको निकुञ्जको पोष्ट, सुरक्षा पोष्ट र सुरक्षा निकायमा जानकारी गराउने, आफू सुरक्षित रहने गरी मात्र हात्तीलाई धपाउने कार्य गर्नुपर्दछ ।

हात्ती धपाउँदा एक्लै नहिँडी समूहमा मात्र हिँड्ने, मदिरा सेवन गरी हात्ती धपाउन नजाने, हात्तीको नजिक नजाने, ठूलो टर्च वा आगोको मसाल प्रयोग गर्ने, घर बाहिर बिजुली बालेर उज्यालो गर्ने र हात्ती आउने गौडामा आगो बाल्नेलगायतका कार्य गर्नुपर्ने उनको भनाइ छ ।

साउनको पहिलो सातादेखि दोस्रो साताको समयमा प्रत्येक वर्ष निकुञ्जमा छिर्ने गरेको जङ्गली हात्तीको झुण्ड धानबाली कटाई गरी सकेपछि दुधुवा नेशनल पार्कमा फर्कने गरेको छ । पुनः गहुँबाली लगाउन शुरु गरेपछि हात्तीको झुण्ड यहाँ पुग्ने गरेको छ ।

जङ्गली हात्तीको झुण्डले भीमदत्त, महाकाली, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर र बेलौरी नगरपालिका क्षेत्रमा बढी बालीनालीमा क्षति पुर्‍याउने गरेको छ ।

हात्तीको आक्रमणमा परेर स्थानीय बासिन्दाको ज्यानसमेत जाने गरेको छ । जङ्गली हात्तीलाई बस्तीमा छिर्नबाट रोक्नका लागि मेसवायर जडानको कार्यलाई समेत प्रदेश र स्थानीय तहले प्राथमिकतामा राखी कार्य अगाडि बढाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस