लमजुङको मर्स्याङ्दीमा पहिरो जाँदा १० घर पुरिए « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

लमजुङको मर्स्याङ्दीमा पहिरो जाँदा १० घर पुरिए


७ श्रावण २०७७, बुधबार


काठमाडौं । लमजुङको मर्स्याङदी गाउँपालिकामा पहिरो जाँदा १० घर पुरिएका छन् । केही दिनदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोमा परेर घर पुरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ ।

अहिले प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी प्रमुख गंगाबहादुर थापाले जानकारी दिए । उनले हालसम्म मानवीय क्षतिको भने विवरण प्राप्त नभएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस