विवादमा तीज गीत ‘अबको तीज नो व्रत प्लीज’ (भिडियोसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विवादमा तीज गीत ‘अबको तीज नो व्रत प्लीज’ (भिडियोसहित)


७ श्रावण २०७७, बुधबार


काठमाडौं । गायिका सोफिया थापाको तीज गीत ‘अबको तीज नो व्रत प्लीज’ विवादमा तानिएको छ । गायिका थापाले गाएको उक्त नयाँ तीज गीत सार्वजनिक हुनेवित्तिकै विवादमा तानिएको हो ।

हिन्दु धर्ममा आघात पुग्ने गीत भन्दै उक्त गीत अहिले विवादमा आएको छ । गीतबारे गायिका सोफियाका परिवारमाथि नै मुद्दा हाल्ने धम्कीसम्म आएको बताइएको छ ।

हिन्दु महिलाहरुको महान पर्व तीज नजिकिँदै गर्दा नयाँ रिलिज भएको सोफियाको यो गीतले भने निकै प्रतिक्रिया समाना गर्नु परेको छ । उक्त गीत हाइलाइट्स नेपालको यूट्यूव च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतमा प्रयोग भएका शब्द परिमार्जन गर्नुपर्ने भन्दै उक्त गीतलाई विवादित बनाइएको छ । गीतमा तीजको मर्म र हिन्दू धर्मको विरुद्ध शब्द चयन गरिएको धेरैको टिप्पणी रहेको छ ।

गीतमा ‘अबको तीज नो व्रत प्लीज, नो खुट्टाको पानी… महिला पुरुष दुबै नै बराबरी’ जस्ता शब्द राखिएको छ ।

यस्तै गीतमा ‘रंगी विरंगी चुरा र सारी गहनाको भारी… गुडियाजस्तै सजिएर नखाने दर हामी..जस्ता शब्द समेटिएको छ । जसले गर्दा हिन्दु धर्म माथिको आघात भनेर विवादमा पारिएको छ ।

उक्त गीतलाई यूट्यूवबाट पनि हटाउन आग्रह गरिएको छ ।

तर हिन्दु धर्म संस्कार संस्कृतिको जगेर्ना गर्नुपर्ने कतिपयको भनाइ रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस