२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भदौ १ गतेदेखि प्रशिक्षणको अनुमति

अ+ अ-

काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीका लागि आगामी भदौ १ गतेदेखि प्रशिक्षण गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रशिक्षण सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ, सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाले भदौ १ गतेदेखि नै प्रतियोगिताको तयारीका लागि विभिन्न किसिमका अभ्यास गर्न पाइने निर्णय सुनाए । समूहमा खेलिने घरेलु खेलकूद प्रतियोगिताका साथै खेलमैदानमा गरिने अन्य कार्यक्रम भने गर्न नपाइने उनले उल्लेख गरे । यसबारे सरकारले अर्को बैठकमा निर्णय गर्नेछ ।

कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैत पहिलो सातादेखि नै खेलकूद प्रतियोगिता आयोजना गर्न रोक लगाइएको थियो । उक्त अवधिमा खेलको सबै अभ्याससमेत बन्द गरिएको थियो । खेलाडी तथा प्रशिक्षक सरकारको अनुमति पर्खेर बसिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस