थप १ जनाको मृत्युसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४१ पुग्यो « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

थप १ जनाको मृत्युसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४१ पुग्यो


७ श्रावण २०७७, बुधबार


विराटनगर । कोरोना संक्रमणका कारण नेपालमा थप एक जनको मृत्यु भएको छ । मृत्यु हुनेमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेका महोत्तरीका ६० वर्षीय पुरुष छन् ।

महोत्तरी गाउँपालिका–३ का ६० वर्षीय कोरोना संक्रमित पुरुष विपी प्रतिष्ठान धरानमा उपचाररत थिए उनको मंगलबार राति ७ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए । अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तीनदिनपछि मृत्यु भएको प्रवक्ता सापकोटाले बताए ।

गम्भिर बिरामी भइ अस्पताल भर्ना भएका उनको आइसियू केयरमा अपचार गर्दागर्दै मृत्यु भएको थियो । उनको गएराति नै अन्त्येष्टि गरिएको छ ।

गम्भीर अवस्थामा भर्ना भएका ती पुरुषमा कुनै पनि दीर्घ रोग नभएको र कोरोना पोजेटिभ देखिएपछि भने निमोनिया र मिर्गौला ड्यामेजको समस्या देखिएको बताइएको छ ।

विपी प्रतिष्ठानमा भर्ना गरिएका कोरोना संक्रमित मध्ये योसँगै दुई जनको मृत्यु भइसकेको छ । यसअघि सप्तरीको राजविराजका एक जनाको मृत्यु भएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस