२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोहोरो अङ्कले घट्यो नेप्से

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा आइतबार उच्च अङ्कको वृद्धि देखिएको नेप्से परिसूचक आज भने दोहोरो अङ्कले घटेको छ । कारोबार शुरु भएको एक मिनेट पनि नबित्दै नेप्से चार प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । पहिलो सर्किट लागेको २० मिनेटपछि खुलेको बजारमा दोस्रो पटक पनि सर्किट ब्रेक लागेको थियो । शुरुआती समयमा उच्च वृद्धि देखिए पनि अन्त्यसम्म नेप्सेको वृद्धि टिक्न सकेन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १४.०९ अङ्कले घटेर एक हजार ४६४.९४ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.८४ अङ्कले घटेर ३०९.६० मा झरेको छ । आज कूल १८१ कम्पनीका ७० लाख एक हजार २५८ कित्ता शेयर रु दुई अर्ब ८० करोड २२ लाख ३३ हजार ७१५ मा खरिदविक्री भए । कारोवार भएका कूल १२ मध्ये चार उपसमूहको शेयर मात्र बढेको छ भने आठ उपसमूहको शेयर घटेको छ ।

बैंकिङ ३.१४, विकास बैंक १६.९३, वित्त १.१५ र सामूहिक लगानी कोष ०.०१ ले बढ्दा व्यापार ३७.८५, होटल ६६.११, जलविद्युत् १२.४५, निर्जीवन बीमा ४१.५५, उत्पादन १२७.४३, अन्य २२.०९, लघुवित्त ८७.३९, र जीवन बीमा १८८.६५ अङ्कले घटेको छ ।

कारोवार रकमका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु २० करोड १४ लाख ९९ हजार ५१६ मा खरिदविक्री भयो । यस्तै नेपाल पुनर्बीमा कम्पनी रु १७ करोड ६३ लाख ८२ हजार ७९९, एनआईसी एशिया बैंक रु १७ करोड ४८ लाख ७३ हजार ३०५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १५ करोड ५५ लाख ८१ हजार १९५ र नबिल बैंक शेयर रु १० करोड ४३ लाख ३३ हजार ८३५ मा खरिदविक्री भयो ।

आज सबैभन्दा बढी युनाइटेड फाइनान्सका लगानीकर्ताले ९.९४ प्रतिशतले कमाए । यस्तै एनआईसी एशिया लघुवित्त वित्तीय संस्था ९.९०, स्पर्श लघुवित्त वित्तीय संस्था ९.८०, हिमालयन ऊर्जा विकास कम्पनी ८.८९, राष्ट्रिय बीमा कम्पनी (संस्थापक)८.७१, आईसीएफसी फाइनान्स ६.१८, गुर्खाज फाइनान्स र कालिका पावर कम्पनीका शेयरधनीले समान ५.८३/५.८३ प्रतिशतले कमाए ।

यस्तै सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९८ प्रतिशतले गुमाए । यस्तै मञ्जुश्री फाइनान्स ९.७६, शिवम् सिमेन्ट लिमिटेड ८.८९, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स ८.६७, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था ७.५५ र नेडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.१७ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस