१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बन्दाबन्दीले राजश्व सङ्कलनमा कमी

अ+ अ-

कञ्चनपुर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्ष २०६६/०७७ मा लक्ष्य भन्दा झण्डै ५० प्रतिशतले राजश्व सङ्कलनमा कमी आएको जनाएको छ ।

सो कार्यालयलाई वार्षिक रु ४८ करोड ६८ लाख राजश्व सङ्कलनको लक्ष्य दिइएको भएपनि बन्दाबन्दी लगायतका कारणले राजश्वमा कमी आएको हो । कञ्चनपुर भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख नहकुल शर्माले गत आर्थिक वर्षमा रु २५ करोड ८४ लाख राजश्व संकलन भएको बताए ।

केही वर्षयता भन्सारमा भएको आन्तरिक सुधार र अवैध सामान आयातमा नियन्त्रण गरिएपछि राजश्व बढेपनि ६ महिनायता कोरोनाले राजश्व प्रभावित बनेको छ । ‘बन्दाबन्दीले यहाँका नाकाहरु अझै प्रभावित भएको छ’, निमित्त कार्यालय प्रमुख शर्माले भने, ‘अझै भारतीय बजारबाट सामान आयात गर्ने वातावरण बनिसकेको छैन ।’

गड्डाचौकी नाकाबाट ठुला सवारी साधनभन्दा पनि साइकल र मोटरसाइकलमा बढी सामान ढुवानी हुने गरेको भन्सार कार्यालयको भनाइ छ ।

‘वनबासा पुलका कारण यहाँ आयात निर्यातका लागि ठूला सवारीसाधान चल्दैनन्’, शर्माले भने, ‘बन्दाबन्दी खुकुलो भएपनि नाका अझै सामान्य अवस्थामा आइसकेको छैन ।’ उनले हाल गड्डाचौकी नाका दैनिक तीन घण्टा चलेको बताए । त्यसैगरी भन्सार कार्यालयले चालु आर्थिक वर्षमा रु ३४ करोड २० लाख राजश्व उठाउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस