सप्तरी । सप्तरीमा मृत्यु भएका कोरोना संक्रमित वृद्धको परिवारका सबैजना सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ ।
राजविराजका ७३ वर्षीय वृद्वको गत बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको २ घण्टामै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा मृत्यु भएको थियो ।
मृत्यु भएका वृद्धकी श्रीमती, छोरा-बुहारी र दुई नाति, नातिनामासमेत कोरोना पुष्टि भएको राजविराज नगरपालिका-६ का अध्यक्ष प्रेम यादवले जानकारी दिए । संक्रमण देखिएका सबैलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।
बिहीबार राति ८ बजे पोजेटिभ कोरोना संक्रमण पुष्टि भएका उनको सोही राति १० बजे मृत्यु भएको थियो । उनको मृत्यु भएपछि उनको परिवारका सबैजनाको स्वाब संकलन गरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा परीक्षण गरिएको थियो ।
उनको पसलका कर्मचारीको समेत स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको वडाध्यक्ष यादवले बताए । तर उनीहरुको रिपोर्ट आइसकेको छैन् ।