काठमाडौं । नेपाली कांग्रेसकी सांसद सुवर्ण ज्वारचन पद तथा गोपनियताको शपथ लिएकी छन् । गुल्मीकी ज्वारचनलाई आइतबार सभामुख अग्नि सापकोटासमक्ष शपथ लिएकी हुन् ।
सांसद ज्ञानकुमारी छन्त्यालको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदमा ज्वारचनलाई नियुक्त गरिएको हो।
छन्त्याल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद थिइन्। उनको गत असार १७ गते निधन भएको थियो।