२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेमा साढे २३ हजार सवारी कारबाहीमा

अ+ अ-

बाँके । गत आर्थिक वर्षमा २३ हजार ७४३ सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार सो अवधिमा छ हजार ९५२ ट्रक, ४ हजार ९८१ जीपकार, चार हजार २९ बस, ३ हजार ८७० मोटरसाइकल, दुई हजार ७६२ ट्रयाक्टर, ५४७ टेम्पो र ५४६ अन्य सवारी साधन कारवाहीमा परेका छन् ।

उक्त कारबाहीमा रु एक करोड २९ लाख ६९ हजार राजश्व सङ्कलन भएको छ । जसमा ट्रक कारवाहीबाट रु ३७ लाख ७४ हजार ५००, जीपकारबाट रु २५ लाख ४० हजार ५००, मोटरसाइकलबाट रु २२ लाख ८५ हजार ५००, बसबाट रु २० लाख ७४ हजार ५००, ट्रयाक्टरबाट रु १५ लाख १४ हजार ५००, टेम्पोबाट रु दुई लाख ९९ हजार र अन्य सवारी साधनको कारवाहीबाट रु दुई लाख ८८ हजार ५०० राजश्व सङ्कलन भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमका अनुसार बाँकेमा गत आवमा १९१ वटा सवारी दुर्घटना भएका छन् । सो दुर्घटनामा २५४ सवारी संलग्न रहेका छन् । सो अवधिमा ७३ जनाको मृत्यु भएको छ । जसमा छ बालक, तीन बालिका, १२ महिला र ५२ जना पुरुष रहेका ट्राफिक प्रहरीको तथ्याङ्क छ ।

यस्तै पाँच बालिका, ११ बालक, ३२ महिला र ११० पुरुष गरी १५८ जना गम्भीर घाइते भए भने तीन बालिका, आठ बालक, २० महिला र ९१ पुरुष गरी १२२ जना सामान्य घाइते भए । सवारी दुर्घटनामा ४० पशुचौपाया पनि घाइते भएका छन् । गत आवमा सबैभन्दा धेरै १३० मोटरसाइकल दुर्घटना भएका छन् भने ३३ जीपकार, २३ बस, १९ ट्रक, १३ साइकल, १२ टेम्पो, १० ट्रयाक्टर, सात माइक्रो, चार टिपर र एक अन्य सवारी दुर्घटना भएका छन् ।

प्रहरी निरीक्षक बमका अनुसार मादक पदार्थ सेवनबाट सबैभन्दा धेरै सवारी दुर्घटना भएका छन् । त्यस्तै यात्रुको गल्ती, तीव्र गति र ओभरलोड, यान्त्रिक गडबडी, सडकको अवस्था र पशुचौपायाका कारण सवारी दुर्घटना भएका छन् । कारवाहीमा पर्नेमा अधिकांश १० देखि ३० वर्ष उमेर समूहका बिनालाइसेन्स तीव्र गतीमा सवारी चलाउनेको सङ्ख्या धेरै छ ।

प्रतिक्रिया दिनुहोस