नेकपाले बोलायो सचिवालय बैठक « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेकपाले बोलायो सचिवालय बैठक


२ श्रावण २०७७, शुक्रबार


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । साउन ४ गतेसम्मका लागि स्थगित गरेको स्थायी कमिटी बैठक अगावै अर्थात शनिबारका लागि सचिवालय बैठक बोलाएको हो ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भेटमा शनिबार सचिवालय बैठक बोलाउने सहमति भएको हो ।

बैठक शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

गत असार १८ गतेदेखि स्थायी कमिटी बैठक स्थगित हुँदै आइरहेको छ । नेताहरुबीच पटकपटक छलफल भए पनि सहमति हुन नसक्दा बैठक स्थगित हुँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस