पाँच लाख घूस रकमसहित मेयरका छोरा पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पाँच लाख घूस रकमसहित मेयरका छोरा पक्राउ


३१ असार २०७७, बुधबार


घुस

राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख रुपैयाँ घूस लिँदै गर्दा सिरहाको कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलका छोरा सन्त मण्डलसहित दुई जनालाई पक्राउ गरेको छ ।

डीपीआर सम्बन्धी भुक्तानीका लागि मेयर मण्डलले मागेको ५ लाख रुपैयाँ घूसको रकम बुझ्न आएको बेला लहान नगरपालिका २२ स्थित राजदेवी चौकबाट उनका छोरा सन्त मण्डल र उनीसँगै आएका जितेन्द्र महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट आएको टोलीले बुधवार दिउँसो नियन्त्रणमा लिएको हो ।

दुवै जनालाई थप अनुसन्धानका लागि अख्तियारको बर्दिबासस्थित कार्यालय लगिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस