वडाध्यक्षलाई हिरासतमा राखेकोप्रति ललितपुर महानगरको ध्यानाकर्षण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वडाध्यक्षलाई हिरासतमा राखेकोप्रति ललितपुर महानगरको ध्यानाकर्षण


३० असार २०७७, मंगलबार


ललितपुर । ललितपुर महानगरपालिकाले सेवाग्राहीले पेस गरेको निवेदनको आधारमा कानुन बमोजिम गरिदिएको नाता प्रमाणितको विषयमा महानगरपालिका–३ का वडा अध्यक्ष श्री गोपाल महर्जनलाई नेपाल प्रहरी अन्तर्गतको मानव बेचबिखन अनुसन्धान ब्युरोले हिरासतमा लिएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

ललितपुर महानगरपालिका नगर कार्यपालिकाको मङ्गलवार बसेको बोर्ड बैठकको निर्णय अनुसार जारी गरिएको विज्ञप्तिमा उक्त ध्यानाकर्षण उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘वडावासीको सेवामा इमान्दारितापूवर्क समर्पित जनप्रतिनिधिको प्रत्यक्ष संलग्नता नभई वडा बाहिरका अन्य व्यक्तिले झेली गरेको गलत लिखत र क्रियाकलापमा वडाध्यक्षलाई समेत मुछी हिरासतमा लिएबाट जनप्रतिनिधि हतोत्साहित भएका छन् ।’

यो घटनाले जनप्रतिनिधिमा काम गर्न त्रासको वातावरण सिर्जना भएको उल्लेख गर्दै यथाशीघ्र सत्य तथ्य छानबिन गरी जनप्रतिनिधिलाई जनताको सेवामा समर्पित हुने कार्यबाट वञ्चित नगराउन विज्ञप्तिमा भनिएको छ ।

यसै गरी अनुसन्धानमा रहेको निजको विषयलाई गलत प्रचार नगर्न र नगराउन समेत महानगरपालिकाले विज्ञप्ति मार्फत अनुरोध गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन,२०७४ मा सिफारिस तथा प्रमाणित गर्ने कानुनी अधिकार वडा कार्यालयको रहने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस