उपसचिवसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

उपसचिवसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा


३० असार २०७७, मंगलबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौँका उपसचिवसहित सातजनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

आयोगले डिल्लीबजार मालपोतका उपसचिव गोविन्द प्रसाद अधिकारी, शाखा अधिकृत रघु वंश कँडेल, नायव सुब्बा नवराज घिमिरे, गोपाल खड्का, उद्धव प्रसाद सापकोटा, नारायण प्रसाद पोखरेल र खरिदार दीपक खनालले मिलेमतो गरी जग्गाको प्लट मिलान गर्न सेवाग्राहीबाट ८ लाख ५० बजार घुस लिएको सप्रमाण पुष्टि भएको भन्दै मङ्गलवार विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

उनीहरूले मिलेमतोमा काठमाडौँ टोखामा रहेको र बैना गरेका विभिन्न कित्ता जग्गाहरूको प्लट मिलान गरी कित्ताकाट गर्न नापी कार्यालयलाई आदेश दिने प्रयोजनका घुस लिएको जनाउँदै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा(१) को कसुर भएको हुँदा जनही बिगो ८ लाख ५० हजार कायम गरी उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा(१) र दफा ३ को उपदफा(१) को खण्ड(ङ) बमोजिम सजाय हुन माग दाबी आरोप पत्र दायर गरिएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस