बालुवाटारमा विपद् व्यवस्थापन परिषद्को बैठक जारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बालुवाटारमा विपद् व्यवस्थापन परिषद्को बैठक जारी


२७ असार २०७७, शनिबार


काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा विपद व्यवस्थापन परिषदको बैठक बसिरहेको छ । बाढीपहिरोले विभिन्न जिल्लामा जनधनको ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदको बैठक बोलाएका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दल एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरु सहभागी छन् । बैठकमा सहभागीहरुले विपदमा परेकाहरुलाई तत्काल उद्धार, राहत र व्यवस्थापनको काम चुस्त बनाउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

विपद व्यवस्थापनको बैठकपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदका सदस्यहरुलाई छलफलका लागि बालुवाटार बोलाएको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस