जीन्यूजले नेपालीसँग माग्यो माफी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जीन्यूजले नेपालीसँग माग्यो माफी


२७ असार २०७७, शनिबार


काठमाडौँ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबारे बनाएको आपत्तिजनक रिपोर्टलाई लिएर भारतीय टेलिभिजन च्यानल जी न्युजले क्षमा याचना गरेको छ ।

नेपालमा भारतीय न्युज च्यानलहरू बन्द गरिए लगत्तै जीन्यूजको क्षमा याचना आएको हो ।

जीन्यूज झारखण्डले भनेको छ, ‘एउटा जिम्मेवार च्यानल भएको नाताले हामी आफ्नो सामग्रीलाई लिएर सदैव सजग रहन्छौँ । तर भुलवश केही सामग्रीले कसैको भावनामा ठेस पुगेमा हामी गल्ती स्वीकार पनि गर्छौँ । हाम्रो च्यानलबाट ‘ओलीका इश्किया’ शीर्षकमा प्रसारित सामग्रीले नेपालका जनताको भावनामा चोट पुगेकोमा हामी दुख व्यक्त गर्न चाहन्छौंं । हामीलाई नेपाली दर्शकको माया प्राप्त भइरहने विश्वास छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस