२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुत्केरी हुन नसकेर छट्पटाउँदै

अ+ अ-

बाजुरा । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकामा तीन दिनदेखि व्यथा लागेर पनि एक महिलाले शिशु जन्माउन सकेकी छैनन् । सोही गाउँपालिका–३ साविकको विच्छ्या गाविस युनाकी २५ वर्षीया लालसरी बुढाले सुत्केरी व्यथा लागे पनि शिशु जन्माउन नसकी छट्पटाइरहेकी छन् ।

सुत्केरी व्यथा लागेकी बुढाको शरीरबाट अत्यधिक रगत बग्न थालेको छ । गाउँ नजीकै रहेको युना आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी गुम्बामा गएको बताइएको छ । स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन स्वास्थ्यकर्मी नभएकाले बुढालाई बिच्छ्या स्वास्थ्यचौकीमा लैजान खोज्दा बाटो अविरल वर्षाका कारण पहिराबाट भत्किएको र महिलाका शरीरबाट रगत बगिरहेकाले उक्त स्वास्थ्यचौकीमा पुग्न नसकेको स्थानीयवासी अर्जुन रोकायाले बताए ।

स्थानीयवासीको सक्रियतामा गर्भवतीलाई बिच्छ्या स्वास्थ्यचौकीमा पु¥याउन नसकी घर फर्काइएको छ । बुढाको शरीरबाट रगत बगेको र सुत्केरी हुन नसकेको बारे स्वास्थ्यकर्मीलाई खबर गरेर गाउँमै बोलाइएपनि पहिराले गर्दा स्वास्थ्यकर्मीसमेत आउन नसकेको रोकायाको भनाइ छ । बिच्छ्या स्वास्थ्यचौकी युनाबाट करीब पाँच घण्टाको पैदल दूरीमा पर्छ ।

दुर्गम उक्त गाउँबाट कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा गर्भवती बोकेर ल्याउन तीन दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । बुढालाई बोकेर ल्याउँदा वर्षाका कारण पहिरो आएमा बीच बाटामा अलपत्र पर्ने र ज्यान जाने जोखिमका डरले कोल्टी ल्याउन नसकिएको रोकाया बताउँछन् ।

गर्भवतीको उच्च रक्तश्राव भइरहेकाले तत्काल उपचार नभए ज्यान जान सक्ने भएको छ । हिमाली गाउँपालिकाले भने स्वास्थ्य संस्थाले गर्भवतीको उपचारका लागि सिफारिस नगर्दासम्मका गाउँपालिका स्वास्थ्य शाखाले कुनै प्रक्रिया अघि बढाउन नसक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस