‘ज्योतिष’ अर्जुन क्षत्री अख्तियारको हिरासतमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘ज्योतिष’ अर्जुन क्षत्री अख्तियारको हिरासतमा


२६ असार २०७७, शुक्रबार


काठमाडौँ । ‘ज्योतिष’ अर्जुन थापा क्षत्री पक्राउ परेका छन् । क्षत्रीसहित आधा दर्जन भन्दा बढी व्यक्तिहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार पक्राउ गरेको हो ।

आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिँडेको आरोपमा क्षत्रीलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको अख्तियार स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार नेपाल विद्युत् प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै क्षत्रीसहितको टोलीले चार करोड मागेकोमा बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिल्यो ।

उक्त ५० लाख रुपैयाँ लिन जाँदा क्षत्रीसहितका व्यक्तिहरु अख्तियारको फन्दामा परेका हुन् ।

गाडीसहित पक्राउ परेका उनलाई अहिले आयोगको हिरासतमा राखेर अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस