भारतीय न्युज च्यानलमा केबल अपरेटरहरुको रोक « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

भारतीय न्युज च्यानलमा केबल अपरेटरहरुको रोक


२५ असार २०७७, बिहिबार


काठमाडौँ । नेपालमा प्रशारण भईरहेका भारतीय न्युज च्यानलहरुलाई केबल अपरेटर कम्पनीहरुले प्रशारणमा रोक लगाएका छन् ।

भारतीय न्युज च्यानलहरुमा अफवाह फैलाउने किसिमका समाचारहरु आउन थालेपछि केवल अपरेटरहरुले आन्तरिक छलफल गरेर बन्द गर्ने निर्णय गरेको हो ।

नेपालमा विदेशी च्यानल अनुमति लिएका केवल अपरेटरहरुले भारतीय न्युज च्यानलहरु बन्द गरेका हुन् ।

भारतबाट प्रशारण हुने न्युज च्यानल बाहेक अन्य च्यानलहरुको प्रशारणमा भने रोक लगाइएको छैन । पछिल्लो समयमा केही भारतीय न्युज च्यानलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओ‌ली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर आपत्तिजनक समाचार सामग्री प्रशारण भएपछि चौतर्फिरुपमा यसको विरोध भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस