स्थानीय तहका १९ जना कर्मचारीको सरुवा « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

स्थानीय तहका १९ जना कर्मचारीको सरुवा


२५ असार २०७७, बिहिबार


समायोजन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहका १९ जना स्थानीय तहका कर्मचारीको काज सरुवा गरेको छ ।

सम्बन्धित स्थानीय तहको मागअनुशार लोक सेवा आयोगबाट सिफारिस स्थानीय तहका कर्मचारीलाई विहिवार एक सूचना प्रकाशित गरी कामकाज गर्न खटाइएको मन्त्रालयले जनाएको छ ।

स्थानीय तहका कर्मचारीलाई सम्बन्धित स्थानीय तहमा नियुक्ती दिएको तर स्थायी दरवन्दी पूर्ति हुँदा सम्बन्धित स्थानीय तहमा हाजिर नगराइएका कर्मचारीलाई उनीहरुले पेश गरेको निवेदन, नियुक्तिको छायाँप्रति, सम्बन्धित स्थानीय  तहमा पदपूर्तिको कारणसहितको सिफारिस र कर्मचारीहरुले रिक्त दरबन्दी रहेको स्थानीय तहबाट ल्याएको सहमति बमोजिम कामकाम गर्न खटाइएको मन्त्रालयले जनाएको छ ।

स्थानीय तहका कर्मचारीलाई सरुवा गर्ने कानूनी प्रावधान नभएपनि मन्त्रालयले भने दोहोरो सहमति भन्दै भटाभट अन्तर जिल्ला सरुवा गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस