भारतीय सञ्चारमाध्यमलाई नेकपा प्रवक्ताको जवाफ– ‘बकवास बन्द गर’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भारतीय सञ्चारमाध्यमलाई नेकपा प्रवक्ताको जवाफ– ‘बकवास बन्द गर’


२५ असार २०७७, बिहिबार


काठमाडौँ । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमले प्रधानमन्त्री केपी शर्मा ओलीको बिषयमा गरेको प्रचार बन्द गर्न आग्रह गरेका छन् ।
केही भारतीय टिभी च्यानलले प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीलाई जोडेर प्रचार गरेपछि प्रवक्ता श्रेष्ठले त्यसप्रति लक्षित गर्दै अनर्गल प्रचारले सीमा नाघेको भन्दै बकवास बन्द गर्न आग्रह गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘हाम्रो सरकार र प्रमका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो । हद भयो। बकवास बन्द गर । हाम्रो राष्ट्रीय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक ढिक्का छौं । बिदेशीको फुटाउ र स्वार्थ पूरा गर नीति सफल हुन दिनेछैनौं । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो ।’

प्रतिक्रिया दिनुहोस