महामारीलाई बेवास्ता नगर्न डब्लूएचओको आग्रह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

महामारीलाई बेवास्ता नगर्न डब्लूएचओको आग्रह


२० असार २०७७, शनिबार


जेनेभा । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोना भाइरस महामारी जादुमयी तरिकाले नहट्ने भन्दै यसलाई बेवास्ता नगर्न आग्रह गरेको छ ।

सङ्क्रमण फैलने क्रम बढ्दो रूपमा नै रहेको भन्दै डब्लूएचओले यसको नियन्त्रणका उपाय उचित तरिकाले अपनाउन सुझाव दिएको छ । सङ्क्रमणको दरमा कमी नआएको यथार्थप्रति डब्लूएचओले चिन्ता प्रकट गरेको पनि छ । डब्लूएचओका आपत्कालीन सेवा निर्देशक मिखायल र्यानले शुक्रवार मिडियासँग यस्तो जनाएका हुन् ।

निर्देशक र्यानले सबैलाई सचेत रहन पनि आग्रह गरेका थिए । कोरोनाभाइरसका कारण विश्वभर १ करोड ११ लाख भन्दा धेरै मानिस सङ्क्रमित भएका छन् । साथै ५ लाख २९ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । यसबाहेक सबै मुलुकलाई महामारीका बेला आफ्नो अर्थतन्त्र व्यवस्थित बनाउन पनि डब्लूएचओले आग्रह गरेको छ । तर स्वास्थ्य संकटलाई बेवास्ता गर्न नहुने उसको सुझाव छ ।

Tags :
प्रतिक्रिया दिनुहोस