विश्वभर १ करोड १० लाख बढी व्यक्तिमा कोरोना सङ्क्रमण - प्रशासन प्रशासन
prasaLogo
२० असार २०७७, शनिबार

विश्वभर १ करोड १० लाख बढी व्यक्तिमा कोरोना सङ्क्रमण


प्रकाशित मिति : 4 July, 2020 7:37 am

काठमाडौँ । विश्वभर १ करोड १० लाख ४५ हजारभन्दा धेरै व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । यस्तै मृत्यु हुनेको सङ्ख्या ५ लाख २४ हजार ५ सय ७७ पुगेको छ ।

कोरोना भाइरस सङ्क्रमणबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा २७ लाख ९३ हजार बढीमा कोरोना पुष्टि भएको छ । अमेरिकामा हालसम्म १ लाख २९ हजार ४ सय ३० जनाको मृत्यु भएको छ ।

सङ्क्रमणको आधारमा ब्राजिल दोस्रो स्थानमा छ । ब्राजिलमा १५ लाख ३९ हजारभन्दा धेरै व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ६१ हजार ८ सय ८४ जनाको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक छ ।

Tags :
प्रतिक्रिया दिनुहोस