कोरोनाले काठमाडौँमा एक जनाको मृत्यु, मृतकको सङ्ख्या ३२ पुग्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोनाले काठमाडौँमा एक जनाको मृत्यु, मृतकको सङ्ख्या ३२ पुग्यो


१९ असार २०७७, शुक्रबार


काठमाडौँ । नेपालमा कोरोना भाइरस(कोभिड-१९)का कारण थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनाबाट काठमाडौँ नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनको असार १७ गते मृत्यु भएको थियो। उनलाई कोरोना पोजेटिभ देखिएको गौतमले जानकारी दिए। हालसम्म नेपालमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ।

त्यस्तै कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार २५९ पुगेको छ। बिहीबार मात्र ७४० जनाको रिपोर्ट पोजेटिभ आएसँगै सङ्क्रमितको सङ्ख्या १५ हजार २५९ पुगेको हो। गौतमका अनुसार कोरोना जित्नेको सङ्ख्या ६ हजार १४३ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस