बर्थिङ सेन्टर निर्माणको विषयमा झडप, प्रहरीद्वारा ६ राउन्ड अश्रु ग्यास प्रहार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बर्थिङ सेन्टर निर्माणको विषयमा झडप, प्रहरीद्वारा ६ राउन्ड अश्रु ग्यास प्रहार


१९ असार २०७७, शुक्रबार


जनकपुरधाम । बर्थिङ सेन्टर निर्माणको विषयमा धनुषाको विदेह नगरपालिकाका दुई वडाका बासिन्दाबिच भएको झडप नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर समेत गरेको छ ।

वडा नम्बर २ मा बर्थिङ सेन्टर निर्माणको काम सुरु भएसँगै वडा नम्बर ३ का बासिन्दाले बर्थिङ सेन्टर आफ्नो वडामा निर्माण हुनुपर्ने माग राख्दै आइरहेका छन् । वडा नम्बर २ का बासिन्दाले भने त्यसको विरोध जनाउँदै आइरहेका छन् ।

दुई वडाबिच बिहीबारदेखि नै झडप हुँदै आएकोमा शुक्रवार बिहान पनि बर्थिङ सेन्टर निर्माणको विषयमा भएको विवादले उग्र रूप लिएपछि भिडलाई नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायर गरिएको धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीका अनुसार विवाद गर्ने समूहले दुहबी सीमा प्रहरी चौकीमा समेत ढुँगामुढा गर्न थालेपछि ६ राउन्ड अश्रु ग्यास र ३ राउन्ड हवाई फायर गर्नु परेको हो ।

त्यसै गरी दुवै पक्षले एक अर्कामाथि ढुङ्गा झडपमा आधा दर्जन व्यक्ति घाइते भएका छन् ।

झडपको क्रममा घाइते भएकाहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस