स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशकद्वारा राजीनामा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशकद्वारा राजीनामा


१८ असार २०७७, बिहिबार


काठमाडौँ । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले पदबाट राजीनामा दिएका छन् । उनले बुधवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई राजीनामा पत्र बुझाएका हुन् ।

खुल्ला प्रतिस्पर्धामार्फत छनौट भएका पोखरेललाई लोक सेवा आयोगको सिफासिमा मन्त्रिपरिषद्ले १८ महिना अघि नियुक्त गरेको थियो । उनको कार्यअवधी चार वर्षको थियो । तर पछिल्लो समय स्वास्थ्य मन्त्रालयले उनी सहित बिमा बोर्डका सबै पदाधिकारीहरूलाई जिम्मेवारीपूर्वक काम गर्न नसकेको भन्दै स्पष्टीकरण सोधेको थियो ।

सरकारको महत्त्वाकाङ्क्षी योजनामा स्वास्थ्य बिमा कार्यक्रम परेको छ । चालु आर्थिक वर्षका लागि यो कार्यक्रमका लागि करिब ७ अर्व रकम विनियोजन गरेको छ ।

पोखरेल स्वास्थ्य बिमा बोर्डमा २०७५ मङ्सिर २३ मा नियुक्त भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस