२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैंकको किस्ता भुक्तानी गर्ने समय छ महिना थप्न माग

अ+ अ-

कास्की । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंक तथा वित्तीय संस्थाबाट यातायात व्यवसायीले लिएको ऋणको किस्ता भुक्तानी गर्ने समय छ महिना थप गर्न माग गरेको छ । पोखरामा प्रधान कार्यालय रही देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यातायात सेवा दिँदै आएको प्रालिले बुधबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि जारी बन्दाबन्दीले सार्वजनिक यातायात सञ्चालन हुन नसक्दा व्यवसायीहरु बैंकको किस्ता तिर्न सक्ने अवस्थामा नरहेकाले सरकारले कर्जा भुक्तानीको समय थप गर्ने व्यवस्था गरिदिन माग गरेको हो ।

अन्य पेशा व्यवसाय खुकुलो बनाइए पनि यातायात व्यवसाय भने ठप्प रहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाबाट व्यवसायीलाई कर्जा तिर्न बाध्य बनाउने खालका मानसिक तनाव दिने कार्य जारी रहेकाले सरकारले आफ्नो मागको सुनुवाइ नगरेको खण्डमा असार २२ गतेदेखि कम्पनीमा आबद्ध व्यवसायीहरुको सवारी साधनको कागजात र तालाचाबी क्रमिकरूपमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई बुझाइने प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए ।

“महासङ्घमार्फत पटक–पटक सरकारको ध्यानाकर्षण गरायौँ तर हाम्रो मागको सम्बोधन हुन सकेन, यातायात सञ्चालनमा सरकारले नै बन्दाबन्दी घोषणा गरेको अवस्थामा किस्ता बुझाउन सकिने अवस्था छैन”, अध्यक्ष केसीले भने, “सेवा सञ्चालन गर्ने निर्णय भएमा पनि हालसम्म खडा भएका सवारी साधनको ब्याट्री, टायर तथा पार्टपुर्जा मर्मतका लागि समेत एउटा गाडीलाई तत्काल रु एक लाख लगानी गर्नुपर्ने बाध्यता छ ।”

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय उपाध्यक्ष ऐनकुमार साईले बन्दाबन्दीले विभिन्न पेशा व्यवसायीमध्ये यातायात व्यवसायी सबैभन्दा बढी समस्याग्रस्त हुन पुगेको भन्दै गर्दै करीब तीन लाख यात्रु बाहक तथा ६० हजार मालवाहक सवारी साधन ठप्प रहेकाले १२ लाखले प्रत्यक्ष तथा ४० लाखले अप्रत्यक्ष रोजगारीबाट वञ्चित हुनुपरेको बताए ।

पृथ्वीराजमार्ग कम्पनी प्रालिअन्तर्गतका एक हजार ४०० सवारी साधनमा रु पाँच अर्ब ६० करोड लगानी रहेकामा बैंक तथा वित्तीय संस्थाको ७० प्रतिशत र व्यवसायीको ३० प्रतिशत लगानी रहेको बताइन्छ । प्रालिले पोखरालाई केन्द्र मानी देशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रमा समेत रात्रि तथा दिवासेवामा यातायात सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस