प्रधानमन्त्री मन्त्री र आफू निकट स्थायी समिति सदस्यलाई बालुवाटार बोलाए « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री मन्त्री र आफू निकट स्थायी समिति सदस्यलाई बालुवाटार बोलाए


१७ असार २०७७, बुधबार


काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू निकट स्थायी कमिटी सदस्य तथा मन्त्रीहरूलाई छलफलका लागि बालुवाटार बोलाएका छन्।

नेकपाको मंगलबार बसेको स्थायी नेकपा स्थायी समिति बैठकमा बोल्ने अधिकांश नेताहरूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेसँगै आज ११ बजे बस्ने स्थायी समितिको बैठकमा आफ्नो रणनीति र कसरी प्रस्तुत हुने भन्ने विषयमा सल्लाह गर्न लागेको श्रोतको दाबी छ।

मन्त्री तथा स्थायी समिति सदस्यसँगै ओली निकट गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेललाई पनि छलफलका लागि बोलाइएका छन्।

मंगलबारको स्थायी समिति बैठकमा बोलेका १८ मध्ये १७ जना सदस्यले ओली पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए।

ओलीले भने ती दुवै माग अस्वीकार गर्दै आएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस