पेट्रोलको मूल्य ५ रुपैयाँ, डिजेल र मट्टितेल २-२ रुपैयाँ वृद्धि « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पेट्रोलको मूल्य ५ रुपैयाँ, डिजेल र मट्टितेल २-२ रुपैयाँ वृद्धि


१६ असार २०७७, मंगलबार


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यअनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको हो ।

‘भारतले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ ७७ पैसा, डिजेलमा ५ रुपैयाँ ८८ पैसा र हवाई इन्धनमा प्रति लिटर ६ रुपैयाँ ६ पैसा बढेर आएको छ,’ निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, ‘मंगलबारको निर्णयअनुसार पेट्रोलको खुद्रा मूल्य ५ रुपैयाँ, डिजेल र मट्टितेल २र२ रुपैयाँ बढाउने निर्णय गरेका छौँ ।’ नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि नै लागू हुने उनले जानकारी दिए ।

खुद्रा मूल्य समायोजनपश्चात् थानकोट, सुर्खेत र दिपायलका लागि पेट्रोल प्रति लिटर १ सय १, डिजेल ८७ र मट्टितेल ८७ रुपैयाँ पर्नेछ ।

पोखरा र दाङका लागि पेट्रोल प्रति लिटर १ सय रुपैयाँ ५० पैसा , डिजेल ८६ रुपैयाँ ५० पैसा र मट्टितेल ८६ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ । चारआली, विराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवरी, नेपालगन्ज र धनगढीका लागि पेट्रोल ९९ रुपैयाँ ५० पैसा, डिजेल ८५ रुपैयाँ ५० पैसा र मट्टितेल ८५ रुपैयाँ ५० पैसा तोकेको जनाएको छ ।

निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस