नेकपा स्थायी कमिटी बैठकमा देखियो परिवर्तन, मञ्च त्यागियो, सोफा हटाइयो, काठकै कुर्सी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेकपा स्थायी कमिटी बैठकमा देखियो परिवर्तन, मञ्च त्यागियो, सोफा हटाइयो, काठकै कुर्सी


१६ असार २०७७, मंगलबार


काठमाडौँ । नेपाल कम्यनिष्ट पार्टी नेकपाको आज चौथो बैठक बसिरहेको छ । आजको बैठकमा केही परिवर्तन भएको देखिन्छ । सधैंजसो बैठकहरूमा शीर्ष नेताहरूलाई मञ्चमा विशेष व्यवस्था हुन्थ्यो भने आजको बैठकमा सबैलाई समान व्यवस्था गरिएको छ ।

यस अघिका बैठकहरूमा शीर्ष नेताहरूका लागि अग्लो मञ्चमा विशेषरुपले सोफा राखेर आसनको व्यवस्था गरिएको देखिन्थ्यो । अध्यक्षहरूको लागि पनि छुट्टै आसनको व्यवस्था गरिएको देखिन्थ्यो तर आज भने त्यो छैन ।

आजको बैठकमा सचिवालयका नेता लगायत स्थायी कमिटी सदस्यहरू सबैको लागि एउटै किसिमको आसनको व्यवस्था गरिएको छ । सबैको लागि काठको कुर्सी मात्रै राखिएको छ । सबै जना काठकै कुर्सीमा बसेका देखिन्छ । अध्यक्ष द्वयका लागि पनि त्यहीँ काठको कुर्सी राखिएको छ । नेकपा भित्रको यो परिवर्तनले सबैलाई समानता हुनुपर्छ भन्ने बुझाउँछ ।

प्रतिक्रिया दिनुहोस