२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेखापालविरुद्ध तीन करोडको भ्रष्टाचार मुद्दा दायर

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सिमरा बाराका तत्कालीन लेखापाल युगल किशोर ठाकुरउपर भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले सोमबार विशेष अदालत काठमाडौँमा तीन करोड चार लाख ९४ हजार तीन सय आठ रुपैयाँ भ्रष्टाचार गरेको हो ।

२०६८ माघ ९ गते कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट सह लेखापालबाट सरकारी सेवा गरेका ठाकुरले आठ वर्षकै अवधिमा तीन करोडभन्दा बढी गैरकानुनी रूपमा आर्जन गरेको फेला परेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्।

२०७२ वैशाखमा लेखापालमा बढुवा भई मालपोत कार्यालय सिमरामा रहँदा ठाकुरले राजस्व रकम व्यक्तिगत खातामा जम्मा गरेको पाइएको आयोगले जनाएको छ।

‘निजहरूको संयुक्त व्यक्तिगत खातामा जम्मा गर्ने गरेको र कार्यालयको खातामा दाखिला गरिनुपर्ने राजस्व रकमलाई समेत आफू अनुकूलका खर्च लगानीमा प्रयोजन तथा खर्च गर्न सक्ने गरी निजले र तत्कालीन मालपोत कार्यालय सिमराका कार्यालय प्रमुख मदन प्रसाद गुप्ताको संयुक्त नाममा राष्ट्रिय वाणिज्य बैंक सिमरामा खाता १२३०००१९१८१० मिति २०७५।०५।०७ मा खोलिएको व्यक्तिगत खातामा जम्मा गरेको पाइयो।’ अभियोग पत्रमा उल्लेख छ।

ठाकुर मालपोत कार्यालयमा सिमरामा सह लेखापाल रहँदा मदन गुप्ता मालपोत कार्यालय सिमराको प्रमुखको जिम्मेवारीमा थिए। ठाकुरको २६ वैशाख मसान्त सम्ममा पारिश्रमिक बचत आय १० लाख ८० हजार सात सय र अन्य आयको दाबी पुष्टि गर्न नसकेको आयोगले जनाएको छ।

साथै उनले श्रीमती शोभा कुमारीको नाममा दर्ता कायम रहने गरी बारा बधवन गाउँपालिका–५ स्थित कित्ता नं ६८ को ७ बिगाहा १० धुर जग्गा खरिद गरेको, वाणिज्य बैंकमा मौज्दात रकम २ करोड ७६ लाख ४४ हजार रहेको, अरू विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा रहेका बैंक खाताहरूमा ११ लाख ३९ हजार रहेको अनुसन्धानका क्रममा २४ लाख ९२ हजार फेला परेको तथा उनको सम्पूर्ण आम्दानी वैशाखसम्म तीन करोड १५ लाख ७५ हजार फेला परेको छ।

प्रतिक्रिया दिनुहोस