काठमाडौं । नवराज विकलाई सरकारले मरणोपरान्त पुरस्कृत गर्ने भएको छ । रुकुम पश्चिममा मारिएका जाजकरकोटका नवराज विकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा पुरस्कारअन्तर्गत समाज सुधार अभियानतर्फ पुरस्कृत गर्ने निर्णय गरेको हो ।
उक्त पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।
मन्त्रालयले यो वर्ष समाज सुधारतर्फ नवराज विक, मानवअधिकारतर्फ तनहुँका त्रिभुवनचन्द्र वाग्ले र सिप, कला शिक्षा, साहित्य लेखन तथा अनुसन्धानतर्फ बाँकेका तिलक परियारलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
सरकारले समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति आन्दोलनमा योगदान गरेका भगत सर्वजित विश्वकर्माको कदरस्वरुप २०७३ सालबाट यो पुरस्कार प्रदान गर्न थालेको थियो ।
यस्तो छ विज्ञप्ति :