खस आर्यलाई आरक्षण नदिन माग गर्दै संशोधन प्रस्ताव दर्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

खस आर्यलाई आरक्षण नदिन माग गर्दै संशोधन प्रस्ताव दर्ता


१४ असार २०७७, आइतबार


काठमाडौँ । राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले विशेष सेवामा खस आर्यलाई दिन प्रस्ताव गरिएको आरक्षण प्रतिशत घटाउन माग गर्दै संशोधन प्रस्ताव दर्ता गरेको छ ।

विधेयकको प्रतिवेदनअनुसार खुला ५५ प्रतिशत र आरक्षण ४५ प्रतिशत मध्ये ४५ प्रतिशतलाई शतप्रतिशत मानेर महिलाका लागि ३३ प्रतिशत छुट्टाइनेछ ।

महिला महिलाबिच प्रतिस्पर्धा हुने गरी छुट्टाइएको ३३ प्रतिशतलाई शतप्रतिशत मानेर पुनः आरक्षण छुट्टाइन्छ ।

यसमा दलितका लागि १३ प्रतिशत, आदिवासी जनजातिलाई २७ प्रतिशत, खस आर्यलाई ३० प्रतिशत, मधेसीलाई १७ प्रतिशत, थारुलाई ५ प्रतिशत, मुस्लिमलाई ४ प्रतिशत र पिछडिएका क्षेत्रलाई ४ प्रतिशत आरक्षण दिइनेछ ।

तर, महिला आरक्षणलाई समावेशी बनाउँदा खस आर्यलाई ३० प्रतिशत दिइएकाले यसलाई घटाएर १० प्रतिशत बनाउनुपर्ने भन्दै राजपा नेपालका सांसदहरू लक्ष्मणलाल कर्ण, अमृता अग्रहरी र एकवाल मियाँले संशोधन प्रस्ताव दर्ता गरेका हुन् । खस आर्यको प्रतिशत घटाएर मधेसी, थारु, मुस्लिमको आरक्षण प्रतिशत बढाउनुपर्ने उनीहरूको माग छ ।

संशोधनमा महिला समावेशिता भित्र दलितलाई १७ प्रतिशत, आदिवासी जनजातिलाई २४ प्रतिशत, खस आर्यलाई १० प्रतिशत, मधेसीलाई २२ प्रतिशत, थारुलाई ७ प्रतिशत, मुस्लिमलाई ५ प्रतिशत र पिछडिएका क्षेत्रलाई ५ प्रतिशत आरक्षण दिने व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

राष्ट्रिय सभाबाट पारित भएको विधेयकमा महिला समावेशितामा अन्तर्गत दलितका लागि १३ प्रतिशत, आदिवासी जनजातिलाई २७ प्रतिशत, खस आर्यलाई ३० प्रतिशत, मधेसीलाई १७ प्रतिशत, थारुलाई ५ प्रतिशत, मुस्लिमलाई ४ प्रतिशत र पिछडिएका क्षेत्रलाई ४ प्रतिशत आरक्षणको व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस