भरतपुर अस्पतालमा उपचाररत कैलालीका एक कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

भरतपुर अस्पतालमा उपचाररत कैलालीका एक कोरोना संक्रमितको मृत्यु


१३ असार २०७७, शनिबार


काठमाडौं । चितवनको भरतपुर अस्पतालमा उपचाररत कैलालीका ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । शुक्रबारदेखि स्वास्थ्य अवस्था जटिल बन्दै गएका कैलाली कोगोदावरी–७ का ती पुरुषलाई आइसोलेसनबाट आइसियु वार्डमा सारिएको थियो ।

फाक्सोको क्यान्सरबाट पीडित उनलाई भरतपुरको बीबीकोइराला क्यान्सर अस्पतालले भर्ना नलिएपछि चितवन मेडिकल कलेजमा असार १० गते भर्ना गरिएको थियो । ११ गते राति ८ बजे भरतपुर अस्पताल रिफर गरिएको थियो । उनलाई बिहिबार कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

उनको शनिवार बिहान साढे ६ बजेतिर मृतयु भएको अस्पतालले जानकारी दिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस