अख्तियारसम्बन्धी विधेयक रोक्ने नेकपाको निर्णय « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अख्तियारसम्बन्धी विधेयक रोक्ने नेकपाको निर्णय


१० असार २०७७, बुधबार


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक तत्काल अगाडि नबढाउने निर्णय गरेको छ ।

बुधवारदेखि सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा उक्त विषयमा नेताहरूले कुरा उठाएपछि तत्काल राष्ट्रिय सभामा पेस भएको विधेयक अगाडि नबढाउन निर्देशन दिइने सहमति बनेको हो ।

अख्तियारलाई अर्को सत्ता बनाउने गरी विधायन समितिले राष्ट्रिय सभामा प्रतिवेदन पेस गरेको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बैठकमा विधेयकको विरोध गरेका थिए ।

अख्तियारसम्बन्धी ऐनलाई संशोधन गर्न ल्याइएको विधेयकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रको समेत अनुसन्धानको अधिकार प्रस्ताव गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस