वित्तीय नीति र मौद्रिक नीति : समानता र भिन्नता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वित्तीय नीति र मौद्रिक नीति : समानता र भिन्नता


९ असार २०७७, मंगलबार


प्रश्न : वित्तीय नीति र मौद्रिक नीतिको परिचय दिँदै यी दुई बिचको समानता र भिन्नता प्रस्तुत गर्नुहोस् ।
उत्तर : मुलुकमा उपलब्ध स्रोत र साधनको महत्तम तथा विवेकशील प्रयोग गरी आर्थिक क्षेत्रको समुचित व्यवस्थापनका लागि मार्गदर्शन गर्न सरकारद्वारा निर्धारित नीतिगत व्यवस्था आर्थिक नीति हो । आर्थिक नीति नै मौद्रिक नीति र वित्तीय नीति को आधारका रूपमा रहेको हुन्छ ।

वित्तीय नीति
सार्वजनिक वित्त व्यवस्थापन सँग सम्बन्धित नीतिहरू वित्तीय नीति हुन । सार्वजनिक आय, सार्वजनिक खर्च र सार्वजनिक ऋण लाई मार्गदर्शन गर्न निर्माण गरिने नीतिहरू नै वित्तीय नीति हो । सार्वजनिक क्षेत्रद्वारा सम्पादित आर्थिक क्रियाकलाप लाई व्यवस्थित गराउने अभीष्ट का साथ वित्तीय नीति को निर्माण गरिन्छ ।
सरकारी लगानी, राजश्व व्यवस्थापन, वैदेशिक सहायता, सार्वजनिक ऋण, सार्वजनिक खर्च, अन्तर सरकारी वित्तीय हस्तान्तरण जस्ता विषय हरूलाई यसले मार्गदर्शित गर्ने प्रयास गर्दछ ।

मौद्रिक नीति
अर्थव्यवस्था सन्तुलन का लागि मौद्रिक क्षेत्रको व्यवस्थापन गर्न तयार गरिने नीतिहरू मौद्रिक नीति हुन । मुलुकको केन्द्रीय मौद्रिक अधिकारी ले जारी गर्ने मौद्रिक नीति ले बैक तथा वित्तीय संस्था लगायतका मुद्रा व्यवस्थापनमा संलग्न निकायहरूको प्रत्यक्ष मार्गनिर्देश गर्ने गर्दछ ।

मुद्रास्फिर्ति नियन्त्रण, तरलता व्यवस्थापन, ब्याजदर सन्तुलन आदि जस्ता मौद्रिक क्षेत्रको व्यवस्थापनमा यो केन्द्रित रहने हुन्छ । मौद्रिक क्षेत्रको व्यवस्थापन गर्ने मार्गदर्शक सिद्धान्तहरू रहने भएकाले यो बढी प्रत्यक्ष र नतिजामुखी हुने गर्दछ ।

वित्तीय नीति र मौद्रिक नीतिका समानताहरू
वित्तीय नीति र मौद्रिक नीति आर्थिक नीति का महत्त्वपूर्ण अङ्ग हुन । यी दुई बिचमा रहने समानता लाई बुँदागत रूपमा निम्नानुसार व्यक्त गर्न सकिन्छ ः
 दुवैको उद्देश्य आर्थिक स्थायित्व कायम गराउने रहेको हुन्छ ।
 दुवै आर्थिक नीति का महत्त्वपूर्ण अङ्ग हुन ।
 सोत साधनको वितरण र पुनःर्बितरण मा दुवैको भूमिका रहेको हुन्छ ।
 दुवै नीति निर्माण गर्दा प्राथमिकता का क्षेत्रहरू निर्धारण गरिएको हुन्छ ।
 दुवै सरकार को प्रभावकारिता र वित्तीय प्रणाालिको सुदृणिकरण गर्ने औजार हुन ।
 दुवै को कार्यक्षेत्रमा समानता रहेको हुन्छ ।
 वित्तीय नीति ले मौद्रिक नीति लाई मार्गदर्शन गर्दछ भने मौद्रिक नीति ले वित्तीय नीति लाई कार्यान्वयन को वातावरण तयार गर्दछ ।
 एक को सफलतामा अर्को को सफलता अन्तरसम्बन्धित रहेको हुन्छ ।
 दुवैको तयारी चरण मा अघिल्लो नीतिको समीक्षा गरिन्छ ।
 संविधान को मर्म भन्दा बाहिर जाने गरी यस्ता नीति हरू बन्दैनन् ।

वित्तीय नीति र मौद्रिक नीति बिचको भिन्नता
माथि उल्लेखित समानताका अतिरिक्त वित्तीय नीति र मौद्रिक नीति बिचमा निम्नानुसारका भिन्नता रहेका हुन्छन् :

यसरी
सार्वजनिक वित्त व्यवस्थापन सँग वित्तीय नीति जोडिएको हुन्छ भने मौद्रिक क्षेत्रको व्यवस्थापन सँग मौद्रिक नीति जोडिन्छ । वित्तीय नीति र मौद्रिक नीति मुलुकको आर्थिक नीतिका तत्त्व भएकोले यिनीहरू बिचमा केही समानता तथा भिन्नता रहेको हुन्छ । दुवै को विकाश र प्रयोग फरक फरक फरक कालखण्डमा फरक फरक तरिकाले भएता पनि समकालीन अर्थशास्त्रिय विचारधाराले दुवैको महत्त्व तथा आवश्यकता लाई स्विकारेको छ । वित्तीय नीति ले मौद्रिक नीति लाई मार्गदर्शन गर्दछ भने मौद्रिक नीति ले वित्तीय नीति लाई कार्यान्वयन को वातावरण तयार गर्दछ । त्यस कारण ले पनि सबल तथा गतिशील अर्थव्यवस्था निर्माण हेतु मौद्रिक नीति र वित्तीय नीति अपरिहार्य तत्त्व को रूपमा रहेका हुन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस