शान्तिपूर्ण तवरबाट सीमा समस्या सुल्झाउन भारत र चीनलाई नेपालको सुझाव « प्रशासन
prasaLogo
६ असार २०७७, शनिबार

शान्तिपूर्ण तवरबाट सीमा समस्या सुल्झाउन भारत र चीनलाई नेपालको सुझाव


प्रकाशित मिति : 20 June, 2020 7:17 pm

काठमाडौँ । नेपालले दुई छिमेकीहरु भारत र चीनबीच पछिल्लो समयमा देखिएको सीमा समस्यालाई शान्तिपूर्ण रुपमा सुल्झाउन सुझाव दिएको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार अपरान्ह जारी गरेको विज्ञप्तिमा लद्दाखको गलवान उपत्यका क्षेत्रमा उब्जिएको समस्यालाई समाधान गर्नमा नेपालका दुई मित्रवत छिमेकीहरु सक्षम रहने विश्वास व्यक्त गरिएको छ ।

‘असल छिमेकीपनाको भावनासहित आपसी नमिलेका कुराहरुलाई दुई पक्षीय, क्षेत्रीय र विश्व शान्ति तथा स्थायित्वको शान्तिपूर्ण माध्यमबाट उब्जिएको समस्या हल हुनेमा नेपाल विश्वस्त छ,’ विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस