कोरोना जोखिम बढेपछि अत्तरिया बजार बन्द « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना जोखिम बढेपछि अत्तरिया बजार बन्द


६ असार २०७७, शनिबार


अत्तरिया । कोरोना भाइरसको जोखिम बढेपछि अत्तरिया बजारका अत्यावश्यक सेवा वाहेकका अन्य सबै पसल तथा व्यवसाय बन्द गरिएका छन् ।

गोदावरी नगरपालिकाको आग्रह र उद्योग वाणिज्य संघको सहमतिमा अर्को सूचना जारी नहुँदासम्म बजार पूर्णरुपमा बन्द गरिएको संघका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए ।

सो नगरपालिका गत जेठ २४ गते पहिलो पटक एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको र ३२ गते गोदावरी–१ का ४६ वर्षीय पुरुषको कोरानाबाट मृत्यु भएको थियो । सो नगरपालिकामा हालसम्म नौ जनामा कोरोना पुष्टि भइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस