कोरोनासँग लड्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोनासँग लड्ने


६ असार २०७७, शनिबार


कोरोनासँग लड्ने यिनमा, अचुक छ गुन ।
दैनिक खाए तातोपानी, जिरा बेसार नुन ।

हात धुने मास्क लाउने, दुरी कायम राख्ने,
रुघाखोकी लाग्यो भने, खाने अदुवा लसुन ।

तपाईँ बुझ्ने मान्छे पनि, अझै भन्दै हुनुहुन्छ !
हामीले खाने मसला मध्ये, औषधि हो कुन ?

शास्त्र पढौँ केही बुझौँ, अनि बल्ल बोलौँ,
कति सधैँ एउटै गीत, बजाउने उही धुन ?

कम ठान्नुहुन्न कहिल्यै, हाम्रा जडीबुटीलाई,
रोग विरुद्ध लड्ने यिनको, क्षमता छ जुन ।

Tags :
प्रतिक्रिया दिनुहोस