डडेल्धुरा जिल्ला अनिश्चितकालीन सिल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

डडेल्धुरा जिल्ला अनिश्चितकालीन सिल


६ असार २०७७, शनिबार


डडेलधुरा । कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि डडेल्धुरा सदरमुकाम अनिश्चित्कालीन सिल गरिएको छ । शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने गरी सदरमुकाम सिल गरिएको कोरोना सुरक्षा समिति डडेल्धुराले जनाएको छ ।

अर्को सूचना जारी नहुञ्जेलसम्म डडेल्धुरा जिल्ला सिल रहने प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले प्रशासनलाई बताए । उनले भने, ‘संक्रमण बढ्न थालेपछि नियन्त्रणको लागि जिल्ला नै सिल गर्नुपरेको हो’

सरकारी कार्यालय र अति आवश्यक सेवाको हकमा भने यो लागू नहुने प्रजिअ ओझाको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस