चीनद्वारा १० भारतीय सैनिक कब्जामुक्त « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

चीनद्वारा १० भारतीय सैनिक कब्जामुक्त


५ असार २०७७, शुक्रबार


काठमाडौँ । चीनले गलवानको भिडन्तमा कब्जामा लिएका १० भारतीय सैनिकलाई बिहीवार बेलुकी मुक्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

सैन्य स्रोतलाई उद्धृत गर्दै द हिन्दु पत्रिकाले मुक्त गरिएकामध्ये एक लेफ्टीनेन्ट कर्णेल र तीन जना मेजर रहेको बताएको छ।

भारत सरकारले यो खबरको पुष्टि गरेको छैन र भारतीय सैनिकहरू हराइरहेको भन्ने पनि पुष्टि नगरेको बीबीसीले जनाएको छ ।

गलवान उपत्यकामा भएको भिडन्तमा २० भारतीय सैनिकको मृत्यु हुँदा दुई शक्ति राष्ट्रबीच तनाव बढाएको थियो।

भिडन्तमा भारतका कम्तीमा पनि ७६ सैनिक घाइते भएका छन् भने चीनले आफ्नो पक्षको क्षतिको बारेमा बोलेको छैन।

दुवै देशले एकअर्कालाई भिडन्तका लागि उक्साएको आरोप लगाएका छन्।

सो क्षेत्रमा दुई देशको सिमाना राम्ररी सीमाङ्कन नभएको र भौगोलिक अवस्था परिवर्तन हुने खालको रहेको छ।

इन्डिया टुडेका वरिष्ठ सम्पादक शिव अरुरका अनुसार भारतीय सैनिक मुक्त गर्ने कुरा बुधवार भएको वार्ताको प्रमुख विषय थियो।

Tags :
प्रतिक्रिया दिनुहोस