चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा. दिव्या सिंह नियुक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा. दिव्या सिंह नियुक्त


३ असार २०७७, बुधबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओम) को डिनमा प्राध्यापक डा. दिव्या सिंह शाह नियुक्त भएकी छन्। त्रिवि कार्यकारी परिषद्ले डा. सिंहलाई डिनमा नियुक्त गरेको हो।

प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा गठित सर्च कमिटीले शाहसँगै प्रा. डा. उत्तम कृष्ण श्रेष्ठ र प्रा. डा. प्रदीप वैद्यको नाम सिफारिस गरेको थियो।

मिर्गौला रोग विशेषज्ञ डा. सिंह त्रिवि शिक्षण अस्पतालको नेफ्रोलोजी विभागकी प्रमुख तथा प्रधानमन्त्री केपी ओलीकी निजी चिकित्सकसमेत हुन्।

नेपालमा मिर्गौला प्रत्यारोपण सुरु गराउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी डा. सिंहकै प्रयासमा प्रधानमन्त्री ओलीको नेपालमै दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो ।

आइओएमका तत्कालीन डिन प्रा. डा. जगदीशप्रसाद अग्रवालले उमेर हदका कारण जेठ २१ देखि अवकाश सँगै सो पद रिक्त रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस