१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हाम्रो देश !

अ+ अ-

संसारमै अग्लो सगरमाथा ,पशुपतिनाथ ,स्वयम्भूनाथ मुक्तिनाथ, छायानाथ, आदि मन्दिरहरू भएको हाम्रो देश । राजा जनक ,भृकुटी, अरनिको जन्मेको हाम्रो देश। पूर्व मेचीदेखि पश्चिम महाकाली अनि उत्तर ती अग्ला हिमश्रृङ्खला देखि दक्षिणका समथर भूभाग सँगै १,४७,५१६ वर्ग किलोमिटरमा फैलिएको एक सुन्दर शान्त हाम्रो देश। भौगोलिक, प्राकृतिक, जैविक धार्मिक, भाषिक ,सांस्कृतिक, एवंम ऐतिहासिक विविधता बोकेको हाम्रो देश। ऋषिमुनिहरु को तपोभूमि वीर गोर्खालीको जन्मभूमि अनि प्रकृतिकै राजधानी हो हाम्रो देश नेपाल। भगवान् श्रीकृष्ण,शिव, विष्णु,राम, गणेश, बुद्ध र सिताको जीवनसँगै प्रत्यक्ष सम्बन्ध राखेको हाम्रो देश । वेदव्यास र वाल्मीकि को ज्ञान राशिले पावन बनेको ३३ कोटी देवता १२ भाइ मष्ट अनि ९ दुर्गा भवानीले दसैँ दिशामा पहरा दिएको मेरो देश नेपाल। विश्वमानचित्रमा पल्टाएर हेर्दा छुट्टै पहिचान बोकेको झन्डा भएको हाम्रो देश। दक्षिण एसियाकै पुरानो हाम्रो देश। झकिझकाउ लालीगुराँस अनि एक रातको लागि मात्रै भए पनि गाउँसरह भरि सुगन्ध छर्दै पारिजात फुल्ने हाम्रो देश।

प्राकृतिक हिसाबले निकै धनी पर्यटन बोलाइ रहेको अनि सगरमाथालाई शिरमा राखी शान्तिका अग्रदूत गौतम बुद्धले जन्म लिएको हाम्रो देश। कोइलीले कुहुकुहु गर्दै वनमा गीत गाउँदै गर्दा मयुर नाच्ने , गाउँ घरकै रोधिमा आनन्दका साथ झ्याउरे ,टप्पा, रोइला, मारुनी, देउडा ,ठाडी अनि दोहोरी भाकामा रमाउने हाम्रो देश। ढिँडो सिस्नु खाएर भए पनि स्याउ , ओखर, सुन्तला आँप अनि विभिन्न जडीबुटी बेचेर एक्लै रमाई विकासको बाटोतिर लम्की रहेको हाम्रो देश । जतिसुकै दुःख कष्ट परे पनि मुसुक्क हाँस्ने विश्वकै अग्ला हिमाल अनि आफ्नै सुख -दु:ख पौरखमा रमाइरहेको हाम्रो देश नेपाल। आफ्नो देश बचाउन पानी पनि नखाई पुर्खाहरूले लडेको,सुन्दर शान्त हरियाली ठूलाठूला पाटन अनि गाईचराउने ती रानी र मधुबन भएको देवी देवताले बास गरेको एकअर्काको धर्मलाई सम्मान गर्ने अनि एकअर्काको विश्वासले नै अडेको स्वर्गको एक टुक्रा हो हाम्रो देश।

पार्टी,पौवा,मठ-मन्दिर हिमाल-पहाड-तराई,उकाली, ओह्राली,भन्ज्याङ,चौतारी,पाखा,पखेरा अनि सुन्दरताले विश्वभरि नै प्रख्यात भएको हाम्रो देश नेपाल। दक्षिण तराई तिर झरेर १ किलो आँप किनेर खादै खादै उकालो चढ्दा हामी सुन्तला फल्ने पहाडमा पुग्छौँ, एक किलो सुन्तला टिपेर खाइ सक्दा नसक्दै स्याउ फल्ने हिमालमा पुग्छौँ। हिमालको भू बनोट यस्तो सुन्दर, शान्त लाग्छकि जहाँ आगो चाहिँ हातले अनि पानी चाही चिम्टाले समात्न मन लाग्ने हाम्रो देश। मेरो देश विश्वमानचित्रमा हेर्दा सानो छ तर मलाई लाग्छ सानै चिज सबैभन्दा बढी प्रिय हुन्छ । लक्ष्मीप्रसाद देवकोटाले भन्नुभएको छ शरीरभन्दा टाउको सानो, टाउको भन्दा आँखा सानो, आँखा भन्दा नानी सानो त्यसैले त दुनियाँ देखेका छौँ।भातखाने थाल भन्दा पूजागर्ने थाली मनपर्छ ,मकै बोक्ने डोको भन्दा डटपेन राख्ने डोको नै मन पर्छ । यति भन्दै गर्दा म कक्षामा पढ्दै गर्दा मेरा आदरणीय गुरु सरोज घिमिरे सरले भन्नु भएको कुराको याद आयो एउटा विद्यार्थीले सरलाई प्रसन्न गर्‍यो रे सर प्रकृतिले सबै कुरा दिए पनि हामीलाई समुद्र दिएन नि ? सरोज घिमिरे सरले भन्नुभएछ हरेक मान्छेलाई विदेशी आफन्तले पठाइदिएको उपहार सुत्नेबेलामा खाटका छेउ पट्टी होइन भित्ता पट्टि राख्छन् किनकि उनीहरू चाहान्छन जोखिमबाट मुक्त रहोस्। त्यसैले प्रकृतिले बनाएको सुन्दर चिज एकातिर बनायो अनि जाबो समुद्रलाई चाहिअर्को तिर बनायो। हो पक्कै पनि समुद्र नभएर केनै भयो आखिर स्वर्गकी अप्सरा रारा, शेर-फोक्सुण्डो, बुलबुले, फेवा, बेगनास , रुपा , तिलिचो, गोसाईंकुण्ड, च्छोरोल्पा रानीपोखरी आदि ताल तलैयाहरू अनि गण्डकी, कोसी, नारायणी, कर्णाली ,मेची,महाकाली,बाग्मती, त्रिशूली,भेरी, बबई, तिला नदी भएको हाम्रो देश।

दसैँ, तिहार, छठ, होली,शिवरात्रि, नयाँ वर्ष,लोसार, तिज विभिन्न चाडपर्व र जात्राहरू मनाउने हाम्रो देश। विश्वकै अग्लो स्थानमा लहलह खेतका आली भरि मार्सी धान फलाउने हाम्रो देश।मनमा बुद्ध सिरमा सगरमाथा र नसा नसामा रगत भरि वीर पुर्खाको गाथा बोकेको अनि विश्वभरि नै शान्तिको प्रतीक र सन्देश छरिरहेको हाम्रो देश। बिहान उठ्ने बित्तिकै मुसुक्क मुस्कुराई रहेको हिमाल देखिने अनि आफ्ना मातापितालाई ईश्वर मान्ने हाम्रो देश।

प्रतिक्रिया दिनुहोस