सातै प्रदेशको बजेट सार्वजनिक हेर्नुस् कुन प्रदेशको कति ? [पूर्ण पाठ] « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सातै प्रदेशको बजेट सार्वजनिक हेर्नुस् कुन प्रदेशको कति ? [पूर्ण पाठ]


२ असार २०७७, मंगलबार


काठमाडौँ । सात वटै प्रदेशले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि आय व्ययसहितको बजेट सोमबार सार्वजनिक गरेका छन् ।

१ असारबाट अनिवार्य बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेशहरूले बजेट सार्वजनिक गरेका हुन् । सबैभन्दा ठुलो आकारको बजेट बाग्मती प्रदेशले ल्याएको छ भने सबैभन्दा न्यून बजेट सुदूरपश्चिम प्रदेशले ल्याएको छ ।

सात वटै प्रदेशले कोभिड-१९ बाट प्रभावित आर्थिक क्षेत्रको उन्नयन र पुनरुत्थानका लागि विशेष प्राथमिकता दिएको छ । बजेटको प्राथमिकता स्वास्थ्य, कृषि र रोजगारी परेको छ । प्रदेश सरकारहरूले साना तथा मझौला उद्योगका लागि पनि जोड दिएको छन् ।

 

प्रदेश १ मा ४० अर्ब ८९ करोडको बजेट

प्रदेश २ मा ३३ अर्ब ५६ करोडको बजेट

वाग्मती प्रदेशमा ५१ अर्ब ४२ करोडको बजेट

गण्डकी प्रदेशमा ३४ अर्ब ८४ करोडको बजेट

प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोड २५ लाख

कर्णालीमा ३३ अर्ब ७४ करोडको बजेट

सुदूरपश्चिममा ३३ अर्ब ३८ करोडको बजेट

 

Tags :
प्रतिक्रिया दिनुहोस