२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिनीमा भएको चलखेल छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन

अ+ अ-

काठमाडौँ । अयोग्य भनिएको ७२ हजार किलो(एक हजार ४ सय ४०) बोरा चिनीमा भएको चलखेलबारे छानबिन गर्न सहसचिवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वर महोत्तरीले तीन महिना अघि गुणस्तरहीन प्रमाणित गरेको ७२ हजार किलो चिनी खाद्य विभागको केन्द्रीय प्रयोगशालाको परीक्षणमा गुणस्तरीय ठहरिएपछि सो सम्बन्धी सत्य तथ्य छानबिन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. नारायण प्रसाद रेग्मीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

अनुष्का मल्टिप्रपोज प्रा.लि. काठमाडौँले भारतबाट आयात गरेको चिनी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जलेश्वरले नेपाल भित्रिन अयोग्य रहेको बताए पनि जलेश्वर भन्सार कार्यालयले फागुन २५ गते भन्सार पास गरेको थियो । भन्सारबाट पास भएको चिनी सोही रात राजश्व अनुसन्धान कार्यालय पथलैया बाराले नियन्त्रणमा लियो ।

चिनीको गुणस्तरदेखि राजश्व, केही बोरामा लेबल मार्करले लेखिएको विषयमा गम्भीर प्रश्न उठेपछि यसबारे सत्य तथ्य बाहिर ल्याउन समिति गठन भएको मन्त्रालयले जनाएको छ ।

भन्सार नाकामा रहेको गुणस्तर कार्यालयले गुणस्तरहीन भनेको चिनी भन्सार पास गरिनु, राजस्वले नियन्त्रणमा राख्नु र केन्द्रीय प्रयोगशालाले गुणस्तरीय भनेर प्रमाणित गर्नुमा मिलेमतोमा चलखेल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस