पार्टीको साधारण सदस्यसमेत नरहने गरी सरिता गिरीको सांसद पद निलम्वन हुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पार्टीको साधारण सदस्यसमेत नरहने गरी सरिता गिरीको सांसद पद निलम्वन हुने


१ असार २०७७, सोमबार


काठमाडौं । समाजवादी पार्टीकी सांसद सरीता गिरीलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी सांसद पदबाट हटाइने भएकी छन् । समाजवादीपार्टीले सांसद गिरीलाई पार्टीको साधारण सदस्यता र सांसद पदबाट हटाउने भएको हो ।

समाजवादी पार्टीले सांसद गिरीलाई नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएर पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागेको हो।

उनले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गरेकी थिइन् । पार्टीले त्यो फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । उनले पार्टीको ह्वीप पनि नमानेपछि स्वतः कारवाहीमा पर्नलागेको सामाजवादी पार्टीका एक नेतो जानकारी दिए ।

उनलाई पार्टीको निर्णय मान्न पार्टीले सम्झाउन खोजेको थियो तर पार्टीको निर्देशन पनि नमानेको कारण पार्टीबाट हटाउन बाध्य हुनुपरेको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार पार्टीका नेताहरु उपेन्द्र यादव र डा. बाबुराम भट्टराई उपत्यका बाहिर भएकाले दुवै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधारण सदस्यबाट समेत हटाइने र सांसद पद स्वतः निलम्वन हुने जानकरी संसदलाई गराइने छ ।

संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यो दलले दल त्याग गरेको कुरा जानकारी दिएमा सांसद पद स्वतः निलम्वन हुने प्रावधान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस