लाइसेन्स वितरणको काम सुरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लाइसेन्स वितरणको काम सुरु


१ असार २०७७, सोमबार


काठमाडौँ । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, ठुलो भर्‍याङ काठमाडौँले आजदेखि नियमित सेवा सुरु गर्ने भएको छ ।

झन्डै तीन महिना बन्द रहेका सरकारी, अर्धसरकारी र गैरसरकारी कार्यालय असार १(सोमबार) देखि पूर्ववत् रूपमा सेवा दिने सरकारको निर्णयसँगै कार्यालयले लाइसेन्स वितरणको कार्य सुरु गर्ने जनाएको हो ।

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, ठुलो भर्‍याङका शाखा अधिकृत उपेन्द्र शाहले स्मार्ट काड वितरण, नवीकरण र पासको राजश्व बुझ्नेलगायत सेवाहरू लकडाउन अघि झैँ सेवा दिने बताए ।

लकडाउन अवधिभरको विलम्ब शुल्क लाग्नेको हकमा प्रदेश सरकारको आज हुने बजेट भाषणमा सम्बोधन हुने र त्यसपछि सेवा दिने तयारी गरेको कार्यालयले जनाएको छ ।

अन्य कार्यालयहरूको हकमासमेत लकडाउनको अवधिमा छुट दिने सरकारी घोषणाबारे स्पष्ट निर्देशन कहिँकतैबाट नहुँदा कर्मचारीले थप तनाव व्यहोर्नु पर्नेदेखि सीमित कर्मचारीबाट सिफ्टमा कार्यालय सञ्चालन गर्नुपर्दा जोरबिजोर प्रणालीको मार खेप्नुपर्नेसम्मका झन्झटको सामना गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस